सिआइबी हुँ भन्दै ठगि गर्ने नक्कली प्रहरी पक्राउ

appharu
0
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौंका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौं बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र छ हजार लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

“सिसीटिभीको सहायताले सादा पोशाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो”, उहाँले भन्नुभयो । पक्राउ परेकासँग चार थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?