आफ्नै हात जगन्नाथ : स्कुल ब्यागमा मेयरले टाँसे आफ्नै फोटो !

काठमाडौं । सुन्दा अचम्म लाग्ला !

प्रदेश नम्बर २ रौतहट समनपुरगढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले विद्यार्थीलाई बाँडेको ब्यागमा आफ्नै फोटो छापेका छन् । नगरपालिकाले असारमा विद्यार्थीलाई बाँडेको सबै झोलामा मेयरको फोटो छापिएको छ ।

गत वर्षदेखि सुरू गरिएको ुबेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत ब्याग वितरण गरेका मेयर यादवको फोटो भएको झोला सरकारी विद्यालयका छात्रालाई वितरण गरिएको हो । झोला बाँड्न ९ लाख रूपैयाँ खर्च गरेको नगरपालिकाले कक्षा एकदेखि कक्षा आठसम्म पढ्ने बिलाग्रा माविका चार सय ५० जना छात्रा र एक सय ५० छात्रलाई मेयरको फोटो राखिएको झोला दिएको हो । समनपुरगढिमाई नगरपालिकाका वडा नम्बर ८ को बिलाग्रा मावि सरकारी विद्यालय हो ।

सो विद्यालयका छ सय जना विद्यार्थीलाई मेयर यादवको फोटो भएको झोला वितरण गरिएको हो। मेयरले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफ्नो फोटो छापिइसकेपछि झोला देखेको बताउनुभएको छ ।

गत २१ माघमा रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको भेटिएका थिए ।
। नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव ९ग्राहक नं ००८।१३।०१० र वडा नम्बर ६का वडाध्यक्ष रामसिंघासन यादव ९ग्राहक नं ०७।२०।०३ ए० र गरुडा नगरपालिका(१का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८।०८।१९०ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?