सुधार केन्द्रमा सुसाईड

appharu
7
Shares
तस्वीर गूगल

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा रक्सीको लत छुटाउन नयाँ बिहानी सुधार केन्द्रमा भर्ना भएका एकजना झुण्डिएको अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रक्सीको लत छुटाउन केन्द्रमा भर्ना भएका दोलखाको तामाकोसी गाउँपालिका २ झुले निवासी ४४ वर्षीय माधव कार्की शनिबार बिहान आफू सुत्ने कोठामै झुण्डिएको अवस्थामा फेला परेका हुन्।

कोठामा रहेको दुईतले खाटमा आफैले लगाउने ट्रयाकसुटको तुनाको पासो लगाइ झुण्डिएको अवस्थामा केन्द्रका कर्मचारीले फेला पारेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

उनका अनुसार झुण्डिएको अवस्थामा फेला परेका कार्कीलाई केन्द्रका कर्मचारीले नै तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

उनका अनुसार अत्यधिक रक्सी सेवनले डिप्रेसनमा पुगिसकेका उनलाई गएको जेठ २८ गते केन्द्रमा भर्ना गरिएको थियो । उक्त घटनापछि महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानसमेत सुधार केन्द्र पुगी घटनाबारे जानकारी लिएका थिए ।

केन्द्रमा रहेको सीसीटीभी फुटेज हेर्दा कार्कीले आत्महत्या गरेको देखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?