कश्मीरका ठूला नेता नजरबन्दमा, टेलिफोन र इन्टरनेट सेवा बन्द

appharu
0
Shares
तस्वीर गूगल

एजेन्सी । भारत प्रशासित कश्मीरमा नयाँ राजनीति तरगं सिर्जना भएसँगै सर्वशाधरणको हिडडुल र भेला हुन रोक लगाईएको छ ।

सुरक्षा प्रशासनले कश्मीरका मुख्य नेतालाई नजरबन्दमा राखेको छ । कश्मीरका पीडीपी प्रमुख महबूबा मुफ्ती र नेशनल कन्फरेनसका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्लालाई उनीहरुकै घर श्रीनरगरमा नजरबन्द गरिएको छ ।

त्यसैगरी जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई पनि नजरबन्द गरिएको छ । उनीहरुलाई आइतबार रातिदेखि नजरबन्दमा राखिएको हो ।

भारतीय सञ्चार माध्यममा आएका खबरअनुसार प्रशासनले संविधानको धारा १४४ लागु गरेको छ । टेलिफोन र इनटरनेट सेवा बन्द गरिएको छ । ४ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ । मानिसको आवतजावतमा रोक लगाएको छ ।

शिक्षण संस्थासमेत बन्द गरिएका छन् । भारत–पाकिस्तानको विवादित भूमि रहेको काश्मीरमा केही दिनदेखि भारतीय प्रशासनले कडाई गर्न थालेको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थित गराएको थियो । तीर्थयात्रीलाई तत्काल काश्मीर छाड्न निर्देशन दिएको थियो ।

नजरबन्द हुनभन्दा अगाडी काश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गर्दै छिट्टै इन्टरनेट सेवा बन्द हुन गइरहेको जानकारीमा आएको छ । सबैजना सुरक्षित रहौं, संयमित रहूँ भन्दै अपिल गरेका थिए ।

पीडीपी प्रमुख महबूबा मुफ्तीले पनि नजरबन्द हुनुअघि ट्वीटमा लेख्दै कठीन समयमा जनताहरुलाई एक भई परिस्थितिको सामना गर्ने तयार रहनु भनी आह्वान गरेका छन् ।

केही दिनअघि अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मीरको विवादमा अमेरिका मध्यस्तता गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

भारतले यसको विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?