तेस्रो पटक एक्सिलेन्स अवार्ड चुम्दै बुद्ध एयरलाईन्स

appharu
0
Shares

काठमाडौं । बुद्ध एयरलाईन्स तेस्रो पटक एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । माउन्टेन फ्लाइटमा एयरलाईन्सको कार्यको प्रसंसा स्वरुप ट्रिप एडभाइजरले उक्त अवार्ड प्रदान गरेको हो ।

विश्वको यात्राहरुबारे यात्रीहरुको प्रतिक्रियाको आधारमा समिक्षा गर्दै आएको संस्था ट्रिप एडभाइजरले उत्कृष्ट एयरलाईन्सलाई सम्मान गर्दै आइरहेको छ ।

यस वर्ष तेस्रो पटक एयरलाईन्सले यात्रुको प्रतिक्रियाको आधारमा उक्त सम्मान पाएको बुद्ध एयरले जनाएको छ ।

हरेक दिन ३ देखि ४ वटासम्म माउन्टेन फ्लाईट गराउँदै आएको बुद्धले सन् २०१७, २०१८ र २०१९ गरी तीन पटक यो अवार्ड हात पार्न सफल भएको हो ।

हरेक दिन ६० ओटा उडान भर्ने गरेको बुद्धले काठमाडौंबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट ९एक्स्पेरियन्स अन्नपूर्ण०को उडान पनि गर्दै आएको छ ।

राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय उडानमा पाइला चालेको बुद्धले भारतको बनारस र कोलकोतामा उडान भर्दै आएको छ । बुद्धले राष्ट्रियस्तरमा काठमाडौंबाट पोखरा, भैरहवा, भद्रपुर, भरतपुर, धनगढी, विराटनगर, जनकपुर, नेपालगन्ज, सुर्खेत तुम्लिङटार, सिमरामा उडान भर्दै आएको छ ।

बुद्ध एयरका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा छन् । बुद्धसँग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन् ।

कम्पनीसँग ७ वटा एटीआर ७२-५००, ३ वटा एटीआर ४२-३२० र २ वटा विचक्राफ्ट १९००डी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?