मानवअधिकार आयोगको प्रचिवेदन – २५ हजार व्यक्ति बेचबिखन र १५ लाख जोखिममा

appharu
0
Shares

काठमाण्डौं । नेपालमा करिब २५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेकोछ ।

आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ ।

‘मानव बेचबिखन एक अपराध मात्र नभई यो मानवअधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भिर उल्लंघन हो,’ मानव बेचबिखन विश्वव्यापी साझा समस्या हो । यसलाई निर्मूल पार्न सबैको प्रयास हुनपर्छ ।’

प्रतिवेदन अनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी ३५ हजार व्यक्ति बेचबिखनमा परेका हुन् ।

जसमा महिला १५ हजार र ५ हजार बालबालिका छन् । नेपालमा १५ लाख व्यक्ति बेचबिखनको जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?