धरहराको ठेक्का पाएको रमण कन्स्ट्रक्सन कालोसूचीमा

appharu
0
Shares

काठमाडौं- धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन पनि कालो सूचीमा परेको छ । कालोसूचीमा परेसँगै रमणलाई नयाँ ठेक्का सम्झौता गर्न प्रतिबन्ध लागेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयमा हाल धरहरा निर्माण गरिरहेको रमणले गरेको हुलाकी सडक निर्माणको काम सन्तोषजनक नभएको भन्दै कार्बाही सिफरिस गरिएको थियो । मेलम्ची र भेरी बबई डाइभर्सन आयोजनाको ठेक्का उनैलाई दिने तयारी भइरहेको थियो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम २ अनुसार यो कारबाही गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?