चितवनमा खुकुरी प्रहार गरी फरार अभियुक्त पक्राउ

appharu
0
Shares

काठमाडौं । चितवन प्रहरीले फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । गत असार १८ गते राति ११ बजे भरतपुर महानगरपालिका-४ का खगेन्द्र विष्टलाई खुकुरी प्रहार गरी फरार भएका नवलपरासीको गैँडाकोट नगरपालिका-२ का सरोज घिमिरेलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न चारमध्ये एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गत असार १८ गते राति ११ बजे भरतपुर–४ निवासी खगेन्द्र विष्टको घर नजिकै हल्ला गर्दै हिँडेको र त्यसो नगर्न आग्रह गर्दा चार जनाको समूहमा रहेका व्यक्तिले विष्टलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

विष्टलाई खुकुरी प्रहार गर्नेमा पक्राउ परेका घिमिरेबाहेक भरतपुर–११ का सुजन लामा, सोही स्थानका सूर्य लामा र माधव चौधरी रहेका छन् ।

उनीहरुको खोजीकार्य तीव्र पारिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?