कारागारमै दूषित पानी, १ सय २० कैदी बिरामी

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । उदयपुर जिल्ला कारागारमा रहेका १ सय २० कैदीबन्दी बिरामी परेका छन् । कैदीबन्दीलाई आइतबारदेखि भाइरल ज्वरो र झाडापखालाले सताएको हो ।

कारागार प्रमुख कुमार खड्काले दूषित पानीको कारण कैदीबन्दी बिरामी परेको बताउनुभयो । प्रमुखका खड्काका अनुसार कारागारमा खोलाबाट पानी ल्याइएको छ । कैदीबन्दीलाई त्यही पानी पिउने व्यवस्था मिलाइएको छ ।

वर्षाको कारण खोलाको पानी धमिलो भएपछि कैदीबन्दी बिरामी परेका हुन् । कैदीबन्दी भाइरल ज्वरो र झाडापखालाले थला परेपछि अहिले पानी तताएर पिउने व्यवस्था मिलाइएको छ ।

बिरामी कैदीबन्दीलाई जिल्ला अस्पतालबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली बोलाएर उपचार गरिएको खड्काले जानकारी दिनुभयो । कारागार प्रमुख खड्काका अनुसार ९ जनालाई अस्पताल लगिएको छ ।

कारागारमा रहेका बिरामी सबैले औषधि सेवन गरिरहेका छन् । ५० जना क्षमताको कारागारमा १ सय ७३ कैदीबन्दी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?