काठमाडौँ – झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिने विरुद्धको अनुसन्धानमा गृह मन्त्रालय तातेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा उजुरी आएका जिल्ला प्रशासनबारे अनुसन्धान गर्न समिति नै गठन गरेर अनुसन्धान र अध्ययन प्रक्रिया अगाडि बढाइएको हो ।
सरकारले यसअघि झुटो विवरण पेश गर्ने ८ जनाको नेपाली नागरिकता खारेज गरेको थियो । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी ९वैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया