‘किरिया बिदा’को सट्टामा यस्तो बिदा दिने सहमति !

appharu
0
Shares


काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ ।
निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिएका थिए ।
बैठकमा विधेयकमा भैपरी आउने, पर्व र घर बिदा, प्रसूति, प्रसूति स्याहार, बिरामी र अध्ययन, असाधारण, बेतलबी बिदा लगायत सम्बन्धमा पनि छलफल भएको थियो । (रासस ) प्रतिकात्मक तस्वीर गूगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?