काठमाडौं, २६भदौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, उत्पादन सञ्चालन तथा सम्भार विभागका पूर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।श्रेष्ठले पदमा रहँदा दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे रुपैया भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहदा मर्यादा विपरितका कार्य गरी स्रोत पुष्टी हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेको भनि अख्तियारमा उजुरी परेको थियो । श्रेष्ठ नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेण्ट ईन्जिनियर रुपमा २०३६ सालमा नियुक्ति भई तह तह बढुवा सरुवा भई महाप्रबन्धक, र प्राधिकरणको कामु कार्यकारी निर्देशक २०७० सालमा सेवा निबृत्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया