भद्रपुर, १७ पुस । झापाको भद्रपुर नगरपालिकाअन्तर्गत रहेको मेची नदीपारिको मेचे बस्तीमा पुग्न मेची नदीमा झोलुंगे पुल नबन्दा स्थानीय बासिन्दा समस्यामा छन् ।
एक सामुदायिक विद्यालय, उपस्वस्थ्य चौकी र अस्थायी प्रहरी चौकी रहेको सो बस्तीका कुनै पनि व्यक्ति सरकारी सेवामा छैनन् । खेतीपाती र तरकारी खेतीलाई जीविकोपार्जनको प्रमुख आधार बनाएका त्यहाँका बासिन्दा वर्षाका समय जोखिम मोलेर पनि नदी वारपार गर्न बाध्य छन् ।
सुख्खा मौसममा खासै समस्या नभए पनि वर्षात्को समयमा नदीमा आउने बाढीले उनीहरुको दिनचर्यालाई कष्टकर बनाएको छ कुनै समयमा मेची नदी सो गाउँदेखि पूर्वतर्फ बग्दै थियो र पछि धार परिवर्तन गरेर नदी गाउँको पश्चिमतर्फबाट पनि बग्न थालेपछि गाउँ टापु बनेको हो एक सय ४० घरधुरी रहेको सो गाउँका बासिन्दा प्रमुख बजार भद्रपुर र चन्द्रगढी नै भएकाले उनीहरूको माग बमोजिम नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले २०७२ असोज ११ मा पुल शिलान्यास गर्नुभएको थियो ।
एक वर्ष छ महिनामा पुल निर्माण गर्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भ्याटसहित रु दुई करोड ८५ लाख ९८ हजार लागतमा निलगिरि सेवा प्रा (लि) बानेश्वर काठमाडौँसंग २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरेको थियो लम्बाइ २८० मिटर र चौडाइ १३ मिटर चौढाइसहितको पुल निर्माण गर्न निर्माण कम्पनीका प्रोप्राइटर युवराज डाँगीले काममा गरेको ढिलाइले सो पुल बन्न नसकेको हो पुलमा प्रयोग हुने सामग्रीमा खिया लाग्ने र गुणस्तर खस्किँदै जाने र पुलका निम्ति बनाइएको दुई वटा अधुरा पिलरको काम छाडी बेपत्ता भएकाले उनलाई कारबाही गर्नुपर्नेमा स्थानीय पार्थ मण्डलले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया