भारतीय पूर्वविदेशमन्त्री स्वराजको मृत्यु

appharu
0
Shares

एजेन्सी । भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको मृत्यु भएको छ ।

६७ वर्षकी स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा हृदयघातका कारण मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । उहाँको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र केन्द्रीयमन्त्री नितिन गडकरी पनि अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी पनि एम्स अस्पताल जाने क्रममा रहेको बताइएको छ ।

उहाँले स्वास्थ्य अवस्था कमजोर रहेको जानकारी दिदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन समेत आग्रह गर्नुभएको थियो । मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उहाँ विदेशमन्त्री बन्नु भएको थियो ।

सुषमा स्वराज भारतकी सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बन्नु भएको थियो भने पहिलो मुख्यमन्त्री समेत बनेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सन् १९९८ मा उहाँ दिल्लीकी मुख्यमन्त्री बन्नु भएको थियो । इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वराज थिइन् । शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो ।

सत्ताधारी भारतीय जनता पार्टीकी नेतृ स्वराज यसअघी भाजपाकी प्रमुख प्रतिपक्ष दलकी नेतृसमेत रहनुभएको थियो भजे भारतीय राजनीतिमा उहाँलाई रोल मोडलका रूपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?