काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ स्थित पानी ट्याङ्कीमा एक युवकको शव फेला परेको छ ।
आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
मृत्यु कसरी भएको भन्नेबारे अस्पतालको रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया