यी हुन् गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने उद्योग

appharu
0
Shares

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारबाही गरेको छ । विभागले मोरङमा रहेको अल्ट्रटेक सिमेन्ट प्राली, परासीमा रहेको चितवन सिमेन्ट प्रा.ली, भैरहवामा रहेको नेपाल अम्बुजा सिमेन्ट प्रा.ली तथा सुनसरीमा रहको जानकी सिमेन्ट इन्डष्ट्रिज प्रा.लीलाई गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाही गरेको हो ।

विभागका अनुसार गुणस्तरमा सम्झौंता गर्ने नेपाल अल्ट्राटेक ओपिसी सिमेन्टले आइआर मापदण्ड अनुसार नभएको भन्दै बिक्री वितरणमा रोक लगाएर स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ।विभागले चितवन पिपिसी सिमेन्टको आइआर मान र कम्प्रेसिभ गुणस्तर अनुसार नभएको भन्दै इजाजतपत्रनै रद्द गरिदिएको छ।विभागले नेपाल अम्बुझा सिमेन्टको ओपिसी ब्राण्डमा एमजिओ सात प्रतिशत रहेको फेला पारेको छ।यो ब्राण्डको इजाजतपत्र विभागले रद्द गरेको छ।विभागले एमजिओ पाँच प्रतिशत मात्रै हुनुपर्ने मापदण्ड बनाएको विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?