काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गर्ने चलचित्रको औपचारीक घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित फिल्म ‘सेन्टी भाइरस’ घोषणा गरिएको हो ।
चलचित्र रामबाबु गुरुङले निर्देशन गर्नुहनु भएको छ । केही पहिले ‘एन्टी भाइरस’ नाम राख्न प्रचार गरिएको भएपनि अहिले ‘सेन्टी भाइरस’को गरियो ।
धुर्मुस र सुन्तलीसंगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय चलचित्रमा रहने जनाईएको छ ।
कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया