राहत सामग्री चोरी गर्ने ४ जना प्रहरीको फन्दामा

appharu
0
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेको नेपालले बताउनुभयो ।

गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङ ब्यागलगायतका करिब २ लाख ५० हजार बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?