काठमाडौं । सरकारले सहकारीले अधिकतम १६ प्रतिशतमात्र व्यजदर लिन पाउने व्यवस्था गरेसँगै सहकारीकर्मी अघोशित रुपमा आन्दोलित बनेका छन् । यो विषय जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंको आयोजनामा भएको ‘सहकारीको स्वायत्तता र स्वतन्त्रता मा सन्दर्भ ब्याजदर’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्तरक्रिया चलिरहदा नै मुर्दावादको नारा लागेसँगै बाहिर आएको हो । बैक तथा अन्य वित्तिय सस्थाले mसमेत झण्डै १० प्रतिशत ब्याज बचतमा दिन थालेसँगै बचतकर्तालाई कति व्याज दिन र लगानी गर्दा कति पैसा लिने भन्नेमा सहकारी सञ्चालकमा अन्यौलता छाएको देखिन्छ ।
विभिन्न सहकारीबाट प्रतिनिधित्व गर्दै कार्यक्रम स्थल आइपुगेका सहकारीकर्मीहरुले तोकिएको ब्याजदरको बिरोध गर्दै नारा बाजी गरेका थिए । उनीहरुले ब्याजदर निर्धारण समितिमा रहेका सहकारीका नेताहरु प्रति लक्षित गर्दै नाराबाजी गरेका थिए । कार्यक्रम सभाहलमा नाराबाजी सहित हो हल्ला गर्न थालेपछि आयोजकले निकै सकसका साथ साम्य पारेका थिए । नाराबाजी त सक्य भयो तर १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने निर्णयसँगै प्राय धेरै सहकारीले आफ्नो दैनिक कामकारबाही बाहेक कारोबार स्थगन नै गरेका छन् । सहकारी विभागले सहकारी ऐन–२०७४ जारी गरेपश्चात सहकारी नियमावली–२०७५ जारी भयो र त्यसयता सहकारी संस्थाहरु बिस्तारै ऐन नियमको दायरामा आउने अपेक्षा गरिएको थियो । तर फेरी ब्याजदरको समस्याले सहकारी सञ्चालकहरु दैनिक कामकारबाही सञ्चालनमा समेत अन्यौल देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया