सांग्रीला डेभलपमेन्ट बैंकको ८० हकप्रद सेयर निष्काशन

काठमाडौं, १७ पुस । सांग्रीला डेभलपमेन्ट बैंकले पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १० बराबर ८ अनुपातमा एक करोड ८ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री खुला गरेको हा बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेको थियो त्यस्तै, मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् हकप्रदमा आश्वा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ त्यस्तै, विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रीला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पूर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ हकप्रदमा आवेदन गर्ने अन्तिम दिन माघ २१ गते तोकिएको छ । बैंकको जेठ १९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले ८० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो एक अर्ब ३५ करोड पूँजी रहेको बैंकको ८० प्रतिशत हकप्रद निष्कासनपछि चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड पूँजी गत आर्थिक वर्षको बोनस वितरण गरि कायम गर्ने बैंकले जनाएको छ बैंकले चालु आवको प्रथम त्रैमासमा चार करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ०९ पैसा कायम गरेको छ । बैंकको सेयर सोमबार प्रतिकित्ता १९४ रूपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?