एउटै खेलमा वायर्नको २३ गोल, रोटाच इगरन स्तब्ध

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । प्रि-सिजन अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मन क्लब वायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

बिहिबार राति भएको मैत्रिपूर्ण खेलमा वायर्नले रोटाच इगरनलाई २३-० गोलको फराकिलो अन्तरले हराएको हो ।

एमेच्योर क्लब रोटाच इगरनविरुद्ध वायर्नले पहिलो हाफमा ११ गोल र दोस्रो हाफमा १२ गोल गरेको थियो ।

वायर्नलाई जित दिलाउन कोरेन्टिन टोलिसोले चार गोल गरे । यस्तै रोबर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोर्टेज्का र क्वासी ओक्यरे रायाडले ह्याट्रिक पूरा गरेका थिए ।

त्यस्तै रेनेटो सान्चेजले २ गोल गर्दा सर्प्रित सिंह, दाजकु, गानबेरी र एलेक्स्जेण्डरले समान १-१ गोल गरे । रोटाच इगरनका लार्सले एक आत्मघाती गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?