प्रदेशसभाको बैठकले दुई विधेयक पारित

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । प्रदेश नं ५ को प्रदेशसभाको बैठकले आज दुई विधेयक पारित गरेको छ ।

‘प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामुख पूर्णबहादुर घर्तीले प्र्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सर्वसम्मतिले पारित गरिएको थियोे ।

यसअघि प्रदेश पदकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो ।

प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कृषि तथा सहकारीमन्त्री आरती पौडेलले पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?