काठमाडौं । नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने भएको छ ।
नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरि सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कूलहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य सम्पन्न भईसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
उहाँले सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकुँन भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा भ्mउबलभ िक्अजयय िको व्यवस्था गर्ने योजना रहेको बताउनुभयो ।
निर्देशनालयले कोष अन्र्तगत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाईमा नविनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा Empanel School को व्यवस्था गर्ने योजना पनि अघि सारेको छ ।
निर्देशनालयले काठमाण्डौ उपत्यका भित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वर विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।
वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुलाई कोषले २०३४ साल देखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगार मुलुक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले संचालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया