तपाई पत्याउनु हुन्न होला, मैले हिंसा गरेको छैन : नेकपा अध्यक्ष दाहाल

appharu
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूले हिंसा नगरेको दावी गर्नुभएको छ ।

शुक्रबार नेकपा नेता दीनानाथ शर्माको ‘झरीका सौन्दर्य’ निबन्धसङ्ग्रह विमोचन कार्यक्रममा अध्यक्ष दाहालले आफूले कसैलाई एक लबटो नहानेको र कसैको एक लबटो नखाएको बताउनुभयो ।

‘मैले १० वर्षे जनयुद्धको नेतृत्व गरेँ । तर कसैलाई एक लबटो हानेको छैन र खाको पनि छैन’, अध्यक्ष दाहालले भन्नुभयो, ‘हुन त जनयुद्धको नेतृत्व गर्ने मान्छेले यसो भन्दा को पत्याउछ र ? म व्यक्तिगत रुपमा कुनै पनि हिंसात्मक गतिविधिमा सामेल भएको छैन ।

तर मेरो नेतृत्वमा भएको १० वर्षे जनयुद्धले देशमा ठूलो परिवर्तन आयो । यसको जिम्मेवारी म लिन्छु ।’ दाहालले आफू बाहिर देखिने भन्दा फरक र भावुक रहेको बताउनुभयो । ‘म भावुक छु, सेन्टिमेन्टल पनि छु ।

अरुले देखेजस्तो छैन’, उहाँले भन्नुभयो म बडा सरल व्यक्ति हुँ ।’ उहाँले आफू अर्धपागल भएर नै विद्रोहमा लागेको बताउनुभयो । ‘मैले युवा अवस्थामा धेरै साहित्यिक पुस्तक पढेँ । विकृतिकै कारण विद्रोही चेत आयो’, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?