अष्ट्रेलियाको पिआर प्राप्त एउटै युवतीको प्रयोगबाट यसरी ठगिए ४ युवक

काठमाडौं | हिजोआज युवा-युवतीहरु अष्ट्रेलिया र अमेरिका जान भनेसी हुरुक्कै छन् | त्यसैले अष्ट्रेलिया र अमेरिका जाने रहले धेरै युवाहरु ठगिने गर्छन् | अष्ट्रेलियाको पिआर पाउने सपना देखेका चार जना युवा ठगिएका छन् । एउटै युवती प्रयोग गरेर एक कन्सल्टेन्सीका सञ्चालकले चार जना युवासंग ठगी गरेका हुन् ।

अष्ट्रेलियाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएकी युवतीलाई प्रयोग गर्दै पुतलीसडकस्थित क्वीन्सल्यान्ड कन्सल्टेन्सीका सञ्चालक मोरङ विराटनगरका ४० वर्षीय मणि निरौलाले लाखौँ ठगी गरेको पाइएको हो ।

युवतीलाई प्रयोग गर्दै ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले शुक्रबार राती निरौलालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले निरौलालाई पुतलीसडकबाट पक्राउ गरेको वृत्तका प्रमुख कौशलकुमार बुढाथोकीले जानकारी दिनुभएको छ ।

सीतालाई देखाउँदै ४ जना व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै मणिले प्रतिव्यक्ति १५ लाखको दरले ६० लाख ठगी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?