प्रदेश ३ सरकारको सहयोगमा म्हैपीमा सिसि क्यामरा जडान

काठमाडौँ । काठमाडौंको म्हैपीमा सिसि क्यामेरा जडान गरिएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा काठमाडौँ महानगरपालिका-१६ म्हैपीमा सिसि क्यामरा जडान तथा नवनिर्मित शौचालयको उद्घाटन कार्यक्रम गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बटन थिचेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्य बसन्त मानन्धर, महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौर, काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजाल लगायतको उपस्थिति रहेको थियो ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले प्रविधिको विकास, अपराध न्यूनीकरण र नगरपालिकाको सुरक्षा प्रत्याभूति दिलाउन सिसि क्यामेरा अति नै आवश्यक रहेको औल्याउनुभयो | उहाँले मैह्पी र ठमेल क्षेत्र रातको समयमा पनि अति नै व्यस्त हुने क्षेत्र भएकोले सिसि क्यामेरा जडान गरिएकोप्रति प्रदेश ३ को सरकारलाई धन्यवाद दिनुभयो |

प्रदेश नं ३ सरकारको सहयोगमा जडान गरिएको सिसी क्यामरा निरीक्षण राख्नका लागि महानगरीय प्रहरी वृत्त लैनचौरसँग सम्झौतापछि प्रदेशसभा सदस्य मानन्धर र प्रहरी नायव उपरीक्षक राठौरले सम्झौतापत्र हस्तान्तरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?