काठमाडौँको ठूलोभ-याङमा ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौं | काठमाडौँ महानगरपालिका–१५ ठूलोभ-याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठूलोभ-याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?