काठमाण्डौं । चार दशक लामो इतिहास बोकेको सबैभन्दा बढी नेपाली चलचित्र चल्ने काठमाडौंको जमलस्थित विश्वज्योति सिनेमा घरको पुरानो अस्तित्व सकिएको छ।
अहिले त्यहाँको सिनेमा हल भत्काएर अन्य व्यवसाय गर्ने भवन निर्माणको तयारी हुँदै छ।
विश्वज्योतिजस्तै काठमाडौं उपत्यकाका २५ वटा सिनेमा हल बन्द र भत्किने अवस्थामा छन् । केही त भत्किसके। झन्डै २० वर्षअघि नेपाली चलचित्र चल्ने उपत्यकाका विभिन्न हलमा दर्शकको लर्को लाग्न गर्थ्यो।
बढ्दो प्रविधिको विकास, कामको व्यस्तता, चलचित्रको स्तर खस्कनुलगायत कारणले हलमा दर्शकको संख्या न्यून हुँदै जाँदा २०४६ सालपछि ह्वात्तै बढेका हल २०५८ पछाडि घट्दै गएको सरोकारवालाहरूले बताएका छन् । जसका कारण कतिपय हल बन्द नै भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया