विप्लव समुहका नेता कार्यकर्ता धमाधम पक्राउ

appharu
0
Shares

काठमाण्डौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा (विप्लव समूह) र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि प्रहरीले पक्राउ गर्ने क्रम रोकिएको छैन । पछिल्लो समय सरकार वार्ताप्रति अनुदार बन्दै गएको छ ।

सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वार्तामा आए रातो कार्पेट बिछ्याउने बताए पनि गृह मन्त्रालयमातहतका सुरक्षा निकायले भने सो समूहका नेता –कार्यकर्ता पक्राउ गर्दै गएपछि वार्ताप्रति सरकार अनुदार बन्दै गएको देखिएको हो ।

असार २८ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन वार्ता समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयमा पठाएर समूहसँग वार्ता प्रक्रिया अघि बढाउने आशयको निर्देशन दिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?