काठमाडौँ । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
सो पार्टीको साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्य किरणले जानकारी दिनुभएको छ ।
आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा रिक्त भएका पदहरुको पूर्ति गर्न उपनिर्वाचन हुदैछ ।
सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर गर्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीको तर्क छ ।
यस्तै बैठकले भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था खारेज गरिएकोमा बिरोध गरेको छ । केही दिनअघि मात्रै भारतले उक्त धारा खारेज गरी काश्मीरको विशेष अधिकारी खोसेको थियो भने लद्दाखलाई अलग गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया