पूर्व मिस नेपाल अर्थ प्रिया साझा पार्टीमा प्रवेश

appharu
0
Shares

काठमाडौं । सन् २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा पार्टी प्रवेश गर्नुभएको छ। उहाँलाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोसमेत गरेको छ ।

पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा २४ वर्षकी प्रियालाई केन्द्रीय सदस्यमा अनुमोदन गरिएको जानकारी गराईएको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले सिग्देललाई केन्द्रीय सदस्य चयन गरेको हो । साझा पार्टीले युवापुस्तालाई जोड्नका लागि प्रियालाई मनोनित गरेको जनाएको छ ।

डेभलपमेन्ट स्टडिज विषयमा स्नातक गर्नुभएकी प्रियाले महिला सशक्तीकरणका विषयमा सक्रिय हुनुहुन्छ । प्रियाले अब नेपालको भविष्य बनाउन युवापुस्ताको हात रहेकाले साझा पार्टीमा प्रवेश गरेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?