सुन्दरीजलमा डुबेर बोलमब आएका युवकको मृत्यु

काठमाडौं । बोलबम आएका एक युवकको सुन्दरीजलमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बोलबमका क्रममा सुन्दरीजल पुगेका रामेछाप घर भएका तेन्जिङ तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साथीहरुसँग समूहमा तेन्जिङ सुन्दरीजल पुगेका थिए ।

महनगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायव निरीक्षक अर्जुन गिरीले आइतबार राति ११ः३० बजे हामीलाई खबर आएको थियो । खोजी गर्ने क्रममा पौडी खेलेको ठाउँबाट करिब २ मिटर तल तेन्जिङको शव फेला परेको हो ।

साउन महिनाको अन्तिम सोमबारको अघिल्लो दिन भएकाले सुन्दरीजलमा आइतबार भक्तजनको ठूलो घुइँचो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?