मेरो छ लाख पचहत्तर हजार !

आदरणीय वावा आमा बुवा गुरुवर्ग र साथीहरु प्रति समर्पित :

आज म पढ्ने कलेजमा BBA अध्ययन गरे बापत प्रती विद्यार्थीले ६ लाख ७५ हजार बुझाउनु पर्छ । आफ्नो पारीवारीक अवस्था जे जस्तो भए पनि पढ्ने इच्छा शक्ति भएका विद्यार्थी यस कलेजमा कती छन् ? पढ्ने इच्छा नभएका तर ६ लाख ७५ हजार तिर्न सक्ने क्षमता भएका विद्यार्थी कती छन् ? ६ रुपैया ७५ पैसा मात्र पनि तिर्न नसक्ने तर पढ्ने इच्छा शक्ति भएका विद्यार्थी कती छन् ? माथी उल्लेख गरिएका मध्ये BBA लागी उपयुक्त को होला ? पक्कै पनि आर्थिक अबस्था जस्तो सुकै भए पनि पढ्ने इच्छा शक्ति भएका विद्यार्थी । तर आजको अवस्था यस्तो छैन ।

यदी यस्ता विद्यार्थीले अध्ययन गर्ने हो भने उनीहरुले शैक्षीक शिक्षामा पनि राम्रो नतीजा ल्याउन सक्छन् र देशको लागी पनि दक्ष जनशक्ति उत्पादन हुन सक्छ । BBA को उत्पादनले देशको बिग्रदो बैंङ्किङ सेक्टर, ब्यापार व्यावसाय र वढुदो वैदेशीक पलायानतालाई कम गर्न केहि हदसम्म सहयोग गरेको अनुभुति पनि गर्न थलिएको छ ।

किनभने BBA ले एउटा राम्रो व्यापारीको जन्म गराउन सक्छ, जस्ले कुशल व्यावस्थापन गर्न सक्छ । BBA भनेको एउटा छुट्टै प्याकेज हो जहाँ Account , finance, Economy , Marketing का अलावा Psychology, Sociology, Business Ethics, E-commerce, Business Environment, Organization Behaviour जस्ता व्याक्तिको व्यावाहार बुभ्ने , व्यापारीक वातावरण आदी कुराहरुलाई वुझ्न ठुलो भुमीका निवार्ह गरेको हून्छ । किनभने यस्ता विषयहरु एउटा व्यावस्थापकका लागी अती आवश्यक कुराहरू हुन् ।

शिक्षक
एउटा संगीत वुझेको राम्रो स्वर भएको गायकले मधुर स्वरमा मीठो गीत गायो भने सवैजनाले एकसाथ गुनगुनाउनेछन् । तर खराब स्वर भएको गायकले गीत गाउने हो भने कसैले गीतनै सुन्दैनन् । कारण श्रोताको ध्यान तान्न नसक्नु हो । यो कुरा शिक्षकमा समेत लागु हुन्छ । यदी एउटा शिक्षकले राम्रो गायकले जसरी कन्टेटप्रस्तुत गर्न हो भने सवै जना विद्यार्थीले वारम्वार गुनगुनाउने छन् । तर हाम्रोमा त्यस्तो अवस्था छैन । यहा शिक्षणलाई जिम्मेवारी भन्दा पनि जागीरको रूपमा हेरिन्छ् ।

एक कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रो. डा. भवानी प्रसाद आर्चायले के भन्नु भयो भने BBA र MBS लाइ समान ६० अंकको प्रश्नको परिक्षामा BBA लाई ३ घण्टा र MBS का विद्यार्थीलाई किन ४ घण्टा ? किनभने BBA का विद्यार्थी भनेका Professional विद्यार्थी हुन उनिहरूले समयको सहि व्यावस्थापन गर्नु पर्छ । तर MBS का विद्यार्थी General हुन । BBA को डिजाइन र MBS को डिजाइन फरक छ । यस कुरालाइ फेरी हामीले गलत अर्थमा हेर्न पनि मिल्दैन ।

सोही कार्यक्रममा मैलै प्रश्न गरे : Professional विद्यार्थी र course पढाउने शिक्षक चाँही दक्ष छन् कि छैनन् त ? उत्तर आयो छैन त्यहाँ ६ लाख ७५ हजार रोयो ।

जुन अनुहार ऐनामा छर्लङ्ग देखिन्छ पानीमा हेर्न खोजे धमीलो त अवश्य देखिन्छ । तर यहाँ जवरजस्ती पानीमा हेर्न लगाइदै छ । कुराले च्यूरा भीज्दैन यसका लागि पानी नै चाहीन्छ तर अवस्था फरक छ । ६ लाख ७५ हजार लिने प्रिन्सीपल जो अमेरीका बाट PHD गरेर आउनु भएको छ ।

जुन देशका विद्यार्थी half pant लगाएर Burger खादै परीक्षा दिन्छन र जुन वातावरण वाट उहाँ आउनु भएको छ, उहालाइ नेपालमा भने विद्यार्थी को कपाल, दारी, टप, मुद्राले वेसी असर पर्छ । एउटा विद्यार्थी जस्ले assignment गरेन , कक्षामा गुरु हुदा हल्ला गर्यो ,निदायो भने उसलाई कारवाही गरीन्छ ।

जहाँनेर गुरुको आग्या नमान्नु विद्यार्थीको कमजोरी हो । तर हामीले यहा भन्दा माथी उठेर अर्को कोण वाट हेर्ने हो भने गुरुको पनी केही कमजोरी होला नी त गुरुको कमजोरीका कारण पनि विद्यार्थीलाइ पढ्न मन नलागेको हुन सक्छ ।

तर हाम्रो शैज्ञीक क्षेत्रले यो कुरा वुझेर पनि किन नबुझे जस्तो अभीनय गरि रहेछ? शिक्षक जसले हामी जस्ता हजारौँ विद्यार्थीलाइ शिक्षीत बनाएका हुन्छन् । उनीहरुलाइ जव विद्यार्थीले सम्मान गर्छन् तव उनीहरु सो सम्मान स्वीकार गर्नुको साँटो घमण्ड गछर्न ,ती गुरुहरुलाइ भन्न चाहान्छू गुरु दक्षीण स्वरूप ६ लाख ७५ हजार वाट आफ्नू भाग लग्नुहोस तर ती सकारात्मक मानसिकता भएका विद्यार्थी जसले सबैलाइ सम्मानको दृष्टीले हेर्छन उनीहरुलाई घृणित दृष्टीले हेर्ने नवनाइदिनुहोस् ।

ति घमण्ड गर्ने गुरुहरुले एउटा कुरा के भुल्नु हुन्न भने मानव सभ्यताको विकास भएयता इतिहासमा आज सम्म कोही पनि घमण्ड गर्ने व्यक्ति माथी पुगेका छैनन् र सायदै न होलान पनि र हजुरहरू अपवाद बन्न नखोज्नुहोला । मैले यसो भन्दै गर्दा इतिहासको कुनै अपबाद घटना टिपेर त्योनै पुरा इतिहास थियो नभनिदीनु होला । किनकि संसार नियमले चल्छ अपवादले होइन । अपवाद चित्रण गर्न पाइन्छ तर मात्र केवल अपवादकारुपमा ।

गूरुहरुसँग धेरै लामो शैक्षिक ज्ञान र सो ज्ञानको व्यावाहारीक अनुभव हुन्छ र विधार्थीे जो युवा हुन्छन उनिहरुसँग उर्जा हुन्छ । यदी गुरुहरुको अनुभव र विद्यार्थीको उर्जालाइ एकै साथ एउटै पथमा अगाडी बढाउने हो भने यो सुन्दर संसार ज्ञानको प्रकाशले अझ चम्कीले हुनेछ । यथार्थमा गुरुले दीने ज्ञान र त्यसको मानव जिवनसँग गाँसीएको सम्वन्ध बकदमै गहिरो हुन्छ ।

चाहे मुस्लिमहरुको मर्दशामा पढाउने मोल्वी साब हुन या चर्चमा ज्ञान र सल्लाह दिने पादरी अथवा स्कूलमा साना साना हात समाएर क,ख,ग,घ A,B,C,D लेख्न सिकाउने शिक्षक शिक्षिका नै किन नहुन अथवा पाँच पाण्डव र कौरवलाइ होस अथवा कृष्ण र सुदामालाइ आश्रममा लगेर सस्त्र अस्त्रको ज्ञान दिने गुरु द्रोणचार्य र सान्दीपनीनै किन नहुन ।

तिमध्येपनि कोखाइ कोखाइ गरेर धर्तीमा पहीलो गाँस खुवाउने आमा र ति कलिला हात समाएर ताते ताते गरेर पहीलो पाइला हिँडाउने वावा सवै भन्दा महान गुरु हुन्। गुरुहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जिवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गर्न सक्छौ । तर आजको अवस्था फरक छ । असल गुरुको प्रप्ती या छनोट अधीकांश समस्या र दुविधाहरुको नीरोध हो भनेर भनिन्छ तर अहिलेको वर्तमान समयमा न त हामी असल शिक्षकको पहिचान नै गर्न सक्छौ न त विद्यार्थीको । जसको फल गुरु दक्षीण ६ लाख ७५ हजार आज व्यापवर भएको छ ।

विद्यार्थी
पृथ्वीमा रहेका सम्पूर्ण चिजविज आफुले टेक्ने धर्तिदेखी आफूमाथीको आकाश सम्मको इतिहासदेखी वर्तमानसम्मको अवश्था, फाइदा र वेफाइदादेखी सम्पूर्ण ब्रह्माण्डको विवरण गूगल र यूटूब बाट सिक्ने अहिलेको यूवा पुस्ता इन्टरनेटको दुनियाँमा यसरी हराएका छन् की घन्टौ घन्टा विताउदा पनि के पढेँ र के हेरेँ केही याद हुदैन फगत समयको र्ववाद ।

यथार्थमा शिक्षाको मुल उदेश्य के पढेँ भन्दा पनि के बुझेँ हो तर पनि के पढेनै याद नहुनु कति घातक ? अर्कातिर आफ्नु अन्तरमनको आन्नद भन्दा पनि देखावटी समाजलाइ देखाउन आजको विद्यार्थी यसरी दौडीरहेका छन् की उनिहरु अन्त्यमा केही पाउने वाला छैनन् फगत अज्ञानता र दूख वाहेक । जसरी एउटा वच्चा पुतली पकडने आसमा पुतली संगै भाग्दा भाग्दै येस्तो ठाउमा पुग्छ न त उसले पुतलीनै पकडछ न त घरको वाटो नै याद गर्छ ।

विस्तारै ज्ञानको खोजीमा हीडेको त्यो एक कोपिला (६ लाख ७५ हजार ) जसलाइ झर्नुत छ तर झर्नु भन्दा अगाडी फक्रिनु छ फूल्नु छ र सुगन्ध छर्नु छ, त्यो कोपिला यसरी झूटको खेतीमा फस्छ की जसले एउटा झूट लुकाउँदा हजारौ गल्ती गर्न विवश हून्छ । जसको फल स्वरुप त्यो कोपीला न त फूल्न सक्छ न त फक्रन नै। हुनत ६ लाख ७५ हजार ज्ञानको यात्रा हो तर बीच वाटोमा अज्ञानताले यसरी समाइ दन्छकी चाहेर पनि ६ लाख ७५ हजारले त्यस अज्ञानि संसारको यात्रा छाड्न सक्दैन , जसरी लागूपर्दाथ दुर्वेसनीमा लागेको व्यक्तिले लागुपर्दाथ सेवन गर्नु हुन्न भन्ने थाहा हुँदा हुँदै पनि आफ्नू तलतल मेटाउनका लागि आफ्नु भविष्य, घर, परिवार, साथी भाइ सवै चिजलाइ भुलेर सो चीजको सेवन गर्न विवश हुन्छन् ।

त्याहाँनेर एकफेर ६ लाख ७५ हजार एक अवोध बालक जसरी डाको छाडेर रुन्छ । जहानेर ६ लाख ७५ हजार यसरी अज्ञानि संगतको माया जालमा फँस्छकी जसरी कहीले काँही मीठा मीठा कुरा गर्ने जाली मानिस संग हामी नमीठो तरिकाले फस्छौ । एक चोटी सोचौ त के अव हामि वच्चा पनि त होइनौ नी त । कोहीन कोही कहीन कही यति खेर आफ्नो जिन्दगी संग लडिरहेका होलान । जुन जिन्दगी आज हामी संग छ । हो जिवनमा रमाइलो मोज मस्तिको नि छुट्टै महत्व छ तर त्यसमा हराउनु गलत हो । हामीले जन्म लिएको संसार सुन्दर छ र हाम्रो जन्म यसलाइ अझ सुन्दर वनाउन भएको हो , न कि कुरुप ।

के विद्यार्थीले कहिलै आफुले आफुलाइ सोधेका छन् त ? शिक्षा भनेको के हो ? शिक्षाको महत्व के हो ? असल शिक्षाले कस्तो सकारात्मक असर पर्न सक्छ ? हामीले यति धेर्रै विषय किन पढिरहेका छौ ? हामीले परिक्षा किन दिइरहेका छौ ? यसको एउटा मात्र जवाफ हो सम्पूर्ण जिवनको प्रक्रिया बुझ्न…! तर यो त्यती बेला मात्र सम्भव छ जती बेला विद्यार्थी स्वतन्त्र हुन्छ ।

स्वतन्त्र भनेको चाही के त ? स्वतन्त्र भनेको यस्तो अवस्था हो जहा विद्यार्थी डर वाट मुक्त हुुन्छ । तर उसलाइ समाजले पढिएन भने के भन्ला भन्ने डर छ , परिवारले के सोच्ला र चित्त दुखाउला भन्ने डर छ , साथि भाइको डर छ , गूरुहरुको डर छ , सवै भन्दा वेसी त हामीलाइ आफ्नु र आफ्नु भविष्यको डर छ । यसरी डरै डर को विचबाट उ कहाँसम्म पुग्ला ? उसले कस्तो किसीमको ज्ञान हात पार्ला ?यस प्रश्न उतरको विचमा ६ लाख ७५ हजार एकपटक फेरी निःशब्द हुन्छ ।

हजारौ विद्यार्थीको सपना त्यही कुराले तोडिन्छन् कि मान्छेले के सोच्छन् । यी सव कुराहरू मैले कति आफ्नो व्यत्तिगत जीवनमा र कति मेरा साथिभाइको जिवनमा अनुभुति गरेका कुरा हुन ।सुन्दा वा पढ्दा काल्पनिक कथा जस्तो लागेपनि यो यर्थाथ हो । विजय कुमार सरले भन्नु भए जस्तो मैले प्रयोग गरेका शब्द भन्दानी त्यसको भावलाइ वुझ्ने कोशीस गर्नु होला किनकि भावका अगाडि शव्दको कुनै मोल हुदैन ।

अन्त्यमा
६ लाख ७५ हजार अभिभावको पसीना , मेहनत र परिश्रम हो । ६ लाख ७५ हजार सपना हो , भविष्य हो । ६ लाख ७५ हजार देशको मेरुदण्ड हो । विढेसकालको लठ्ठी र साहारा हो । भनिन्छ नि हिड्ने मान्छे लड्छ । पढ्ने मान्छे फेल हुन्छ । तर यसलाइ नै जिन्दगीको अन्त्य सोचेर वषेनी धेरै विधार्र्थी प्रेसरका कारण मृत्यु वरण गर्न विवश पनि छन । जुन समाचार प्रत्येक दिनजसो राष्टिय दैनीकमा आइरहेका हुन्छन् । ६ लाख ७५ हजार यत्ती महत्वकाक्षी भएको छ की !

यसले विद्यार्थीलाइ विश्व परिर्वतन गर्न र विश्वलाइ बुझ्नलाइ नया बाटो प्रदान सक्छ तर आफूलाइ म को हुँ मैले मलाइ नचिनी नवुझी आफुलाइ परिवर्तन गर्न नसके संसार परिवतन गर्ने सपना एउटा मात्र अधुरो कल्पना नै रहन्छ भन्ने कुरा सिकाउदैन । ६ लाख ७५ हजार मात्र एटा जिवन उपयोगी साधन हो साध्य होइन , जिवनको अन्त्य होइन , मानिसले तवसम्म हरेस खानु हुन्न जव सम्म पुर्व वाट सुर्य उदाउछ ,पश्चिममा अस्ताउछ , पुस माघको त्यो चिसो र सितलहरमा त्यही सुर्यले न्यानो प्रतान गर्छ ।

जव जव चैत र वैशाखको खडेरीमा असार साउनको झरीले यस धर्तिलाइ उर्वर र खेति गर्न योग्य वनिदिन्छ । जेष्ठ र भदैको त्यो गर्मीमा खोइ कता वाट आउने पवनको वेगले सितलता प्रदान गर्छ । जव सम्म समुन्द्रमा पानी हुन्छ , हिमालमा हिउँ, जङ्गलमा रूख र रूखमा चरा तव सम्म ६ लाख ७५ हजार निरास हुनु हुन्न ।विदार्थी , अभिभावक, शिक्षक , समाज र सिङ्गो व्यवस्थानले किन शिक्षाको प्रकाशलाइ संकुचित पारामा सोचिरहेछन ? सोचनै त श्वासको अन्त्य र पवनको अन्त्य हो त ? विजय, पराजय, सूख, दुख, जिवन मृत्यु सवैलाइ विर्सेर सदैव ज्ञान, सत्य र धर्मको पछाडी लाग्नु पर्दछ । यहीनै ६ लाख ७५ हजारको उदेश्य हो ।

धर्मको पछाडी हिड्न मानिसलाइ सहि ज्ञानको आवश्यक्ता पदर्छ । जसरी कमल पानिमा रहेर पनि पानि वाट अलग हुन्छ त्यसरिनै हामी पनि अज्ञानता वाट अलग हुनु पर्छ । मानिस भ्रममा पर्नुको कारण यो हो की उसको अज्ञानताले ज्ञानलाइ छोपी दीन्छ । ज्ञान प्रकाश हो र प्रकाशलाइ समातौँ जसले गर्दा हामी सवै चिजको आनन्द प्राप्त गर्न सक्छौ ।

यस जिवनलाइ अर्थपूर्ण वनाउँ जसवाट समाजले लाव पाओस । यसबाट शक्ति प्राप्त हुनेछ । अरु सवै चिजलाइ त्यागौ ज्ञानलाइ पुजौ , मन लगाउ , कर्म गरौँ चिन्ता नगरौँ चिन्तन गरौँ , ज्ञानमा विश्वास गरौँ । जुन दिन ६ लाख ७५ हजार मुस्कुराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?