नो पार्किङमै रोकिए ३९ हजार सवारी

काठमाडौं । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८ सय ६ सवारीसाधनलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५-०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४/०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो ।

महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोवाटो, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैधरुपमा पार्किङ गर्ने सवारीसाधनलाई कारवाही गरेको हो ।

महाशाखाले नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीको सहायतामा बग्गीखानामा ल्याएर कारवाही गर्ने तथा ठूला सवारीसाधनलाई ‘ह्वील लक’ लगाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?