१० दिनको सिंगापुर बसाइपछि प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका थियो । उहाँ सोमबार सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो ।

यसअघि ओली आइतवार स्वदेश फर्कने तयारीमा रहनु भएको थियो । तर स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि उहाँको सिंगापुर बसाई लम्बिएको हो । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक रहेको जनाइएको छ ।

यद्यपि उहाँले संचारकर्मीहरुसंग भने स्वास्थ्यबारे कुनै जानकारी दिनुभएन ।

उहाँले आफ्नो भ्रमण अनौपचारिक भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गर्नुभएन ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?