काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दावी गर्नुभएको छ ।
उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गर्नुभयो । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो । त्यसका लागि युवाहरुले पनि सक्रियतापूर्वक योगदान पु-याउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।
उपप्रधानमन्त्री पोखरेलले सरकारले मुलुकको समृद्धिका लागि उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गर्नुभयो । युवाहरुले मुलुकको समृद्धिका लागि आफूलाई सक्षम रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले अव कामै गरेर देखाउनुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो ।
मन्त्री विश्वकर्माले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको दावी पनि गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया