हङ्कङको विमानस्थल प्रदर्शनकारीको नियन्त्रणमा, सम्पूर्ण हवाई सेवा रद्द

लोकपथ संवाददाता
0
Shares
A Protester standing behind luggage trolleys while holding up a placard in Hong Kong International Airport in Hong Kong on August 12, 2019 , Tens of Thousands Protester are seen gather in Hong Kong international airport in protest of Police Brutally and the extradition bill — Protester Clash with Police yesterday in Hong Kong. (Photo by Vernon Yuen/NurPhoto via Getty Images)

हङ्कङमा सरकार विरोधी प्रदर्शनकारीहरुले विमानस्थल ओगटेपछि सम्पूर्ण हवाई सेवा रद्द गरिएको छ । हजारौँको सहभागितामा विमानस्थल अवरुद्ध हुनेगरी प्रदर्शन भएपछि विश्वको प्रमुख व्यापारिक केन्द्र हङ्कङ अस्तव्यस्त बनेको छ । सरकारी अधिकारीहरुले विरोध प्रदर्शनलाई ‘गम्भीर अवरोध’ भएको जनाएका छन् । सोमबार मात्र १६० हवाई उडान रद्द गरिएपछि हजारौँ यात्रुहरु मारमा परेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि, प्रहरीले शहरका विभिन्न स्थानमा विरोध गरिरहेका प्रदर्शनकारीहरुमाथि अश्रुग्यास प्रहार गरेको थियो ।
झण्डै २ महिनाअघि हङ्कङ सरकारले सुपुर्दगी सम्बन्धी एक विवादास्पद विधेयक ल्याएपछि शुरु भएको सरकार विरोधी प्रदर्शन अहिलेसम्म जारी छ । हङ्कङका शंकास्पद अपराधीलाई चीनमा हस्तान्तरण गर्न सकिने व्ववस्थासहितको विधेयक ल्याएपछि त्यसको व्यापक विरोध भएको हो । प्रदर्शनकारीले सरकार प्रमुख क्यारी ल्यामको राजिनामा माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?