राष्ट्रिय सभामा दर्ता भएको विवादित नेपाल मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा अघि बढाइने भएको छ । नेपाल मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा टेबुल गर्ने विषयमा सोमबार भएको छलफल थियो । संघीय संसद राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा भएको छलफलमा छिट्टै नै सो विधेयक सदनमा अगाडि बढाउने सहमति भएको हो ।
विधेयकमा सबै भन्दा डर लाग्दो पक्ष पत्रकार आचारसंहिता उल्लंघन गर्नेमाथि ठूलो धनराशीको क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरेको छ ।
छलफलमा उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रियसभा दलका नेता दीननाथ शर्मा, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीका नेता प्रमिलाकुमारी, पत्रकार महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया