कृष्णले कृत्रिम हात हाले, यसरी चलाउँछन् (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीले कृत्रिम हात जडान गर्नुभएको छ ।

ओलिले आफ्नो अफिसियल युट्युब रुपा कृष्ण अफिसियल च्यानल मार्फत सार्बजानिक गरेको भिडियोमा हात जडान भएपछि चलाउन गरेको प्रयासका बारेमा देखाईएको छ ।

हात हाल्न सफल भएको जानकारीसंगै च्यानल मार्फत नै सम्पूर्ण सहयोगी मनहरु तथा नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुलाई हृदय देखि धन्यबाद व्यक्त गरिएको छ ।

कृष्णले यतिबेला कृतिम हातलाई कसरि चलाउन सकिन्छ भन्ने बारे मुम्बईमा अभ्यास गरिरहनु भएको छ ।

अगष्ट १४ तारिख बुधबार कृष्णको जन्म दिनको अबसरमा उपचार बारे सम्पुर्ण जानकारी दिने बताइएको छ । हाल कृष्णको उपचार मुम्बई महाराष्टमा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?