एकै गोठका आठ पशु चौपाया मृत्यु

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका-७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरेका हुन् ।

दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउँदका दुई भैँसी, दुई गोरु, एक गाई र तीन वटा बाख्रा मरेका हुन् ।

केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर परशुराम नगरपालिका पशु सेवा शाखाको ल्याबमा जाँच गराइएको र जुकाका साथै छालासम्बन्धी समस्या देखिएको स्थानीयवासी हरेन्द्र साउँदले बताउनुभयो ।

गत वर्ष जिल्लाका अन्य भेगमा पनि पशुहरुमा अज्ञात रोगको सङ्क्रमण देखापरेको थियो । मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिलै थाहा भई नसकेको परशुराम नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

केही दिन अगाडि पशु चौपाया बिरामी भएको भन्ने खबर आएलगत्तै पशु चौपायालाई छालासम्बन्धी रोगविरुद्धको आवश्यक खोप दिइएको शाखा प्रमुख पशु अधिकृत रतन भण्डारीले बताउनुभयो । साउनदेखि असोजसम्म देखापर्ने छालासम्बन्धी रोग (ड्रमाटाइटिस) बाट सङ्क्रमित भएका जनावरलाई खोप दिने गरिन्छ ।

यो रोग लागेपछि पशु चौपायाले खाना नखाने, ज्वरो आउने, तुहिने, छाला चिलाउने, दूध सुक्ने र बिनालक्षण पनि मर्न सक्ने पशु अधिकृत भण्डारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?