माछालाई थापेको जालमा बेरिएर २ जनाको मृत्यु

काठमाडौं । स्याङजामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको मृत्यु भएको छ । चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछा मार्न गएका २ जनाको जालमा बेरिएर ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेका छन् । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा वीरबहादुर पनि जालमा बेरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?