काठमाडौं -सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’ गरिरहेको भेटिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्।
उनीहरूले आपूm पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन्। सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्व महानिरीक्षकले जनशक्ति दुरुपयोग गर्दै आएका छन्। अन्नपूर्ण पाेस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया