काठमाडौं जिल्ला क्रिकेटको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा अजित वीर पाण्डे निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न साधारणसभाले पाण्डेको अध्यक्षतामा १४ सदसीय कार्यसमित चयन गरेको छ । सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

यस्तै संघको उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल, कोषाध्यक्षमा युग बस्नेत निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा हिमाल राज गिरी, मनिष ढुंगेल, अजय वीर पाण्डे,रमन श्रेष्ठ, सामसङ जंग थापा, प्रफुल्ल बैद्य, रितेभ डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ र विनित धन चन्द निर्वाचित भए ।

काठमाडौंको निर्वाचन सकिएसँगै क्यानको सदस्य ३९ वटै जिल्लाको निर्वाचन सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?