कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध नायिकाहरुले थाले अभियान

वासिंगटन, १८ पुस । चलचित्र क्षेत्र र अन्य कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध ३ सय भन्दा बढी नायिका, निर्देशक र लेखकहरुले अमेरिकामा एउटा अभियानको सुरुवात गरेका छन् ‘टाइम’ज अप’ अर्थात् समय सकियो नाम दिइएको सो अभियान त्यहाँको चर्चित न्युयोर्क टाइम्समा सिंगो पेज विज्ञापन मार्फत सुरु गरिएको छ । जसमा केट ब्लान्चेट, अमेरिका फेरेरा, इभा लोङगोरिया र नटाली पोर्टमेन जस्ता चर्चित हलिवूड अभिनेत्री समेत आवद्ध रहेका छन् कम आय हुने रोजगार स्थलमा दुर्व्यवहार बेहोरिरहेका महिला र पुरुषलाई कानूनी सहायता उपलब्ध गराउन अभियानले एक करोड ३० लाख डलरभन्दा बढी रकम संकलन गरिसकेको छ अमेरिकामा एकजना चलचित्र निर्माता हार्भी वाइनस्टिनकाविरुद्ध चर्चित अभिनेत्रीमाथि यौन शोषण भएको समाचार बाहिर आएपति यस्तो अभियान सुरु गर्न लागिएको हो चलचित्र निर्देशक वाइनस्टिनबाहेक व्यवसाय, राजनीति र सञ्चारमाध्यममा कार्यरत कैयौँ प्रभावशाली व्यक्तिहरू यौन दुर्व्यवहारका कारण विवादमा तानिने गरेका छन् एउटा खुलापत्रमा अभियानले भनेको छ, ‘दुव्र्यवहार रोकिँदैन किनेभने त्यसका दोषी वा त्यसो गर्न लगाउनेलाई कहिल्यै पनि जवाफदेही बनाइँदैन ।’अभियानले आगामी आइतबार हुन लागेको चलचित्र क्षेत्रसम्बन्धी एउटा प्रतिष्ठित पुरस्कार वितरण समारोह ‘गोल्डेन ग्लोब अवार्डस’ मा सहभागी हुने महिलाहरूलाई लिङ्ग र वर्गका आधारमा हुने भेदभावको विरोधमा कालो पोशाक लगाउन पनि अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?