काठमाडौं । पाँचखाल नगरपालिकामा एक महिला मकै गोडिरहेको बेला बलात्कृत भएकी छन् । वडा नम्बर १ अनैकोटमा ३७ वर्षीया महिला मकै गोडिरहेको अवस्थामा बलात्कृत भएकी हुन् ।
उनलाई ५७ वर्षीय इमानसिं तामाङले असार १३ गते आफ्नो बारीमा मकै गोड्न बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । इमानसिंलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार इमानसिंले महिलालाई बिहान ९ बजे बारीमा मकै गोडिरहेको बेला मुख थुनेर बलात्कार गरेका हुन् । इमानसिंले जबजस्ती गर्दा महिलाले चिच्याएपछि टोलका बासिन्दा बारीमा आइपुगे ।
बासिन्दा आएपछि इमानसिं भागेका थिए । तामाङलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासत राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया