कोटेश्वरमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति कोटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो ।

महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए ।

उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?