काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेमाथि हत्या गरेको आरोप लागेको छ । यही साउन २० गते सोमबार राति चितवनमा झुण्डिएर मरेको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीले एक भिडियोमा आफ्नो हत्यारा पत्रकार लामिछाने भएको बताएका छन् ।
नेपाल आजले बुधबार सार्वजनिक गरको दिवंगत पुडाशैनी आफैले बोलेको भिडियोमा पत्रकार लामिछानेले आफुलाई मर्न बाध्य पारेको आरोप लगाएका छन् ।
न्यूज ट्वान्टीफोर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका पत्रकार लामिछानेमाथि उनका पूर्व सहकर्मी समेत रहेका दिवंगत पुडाशैनीले गम्भीर आरोप लगाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया