४८ घन्टामा अनमोललाई १० लाख दर्शक

काठमाडौं – अभिनेता अनमोल केसीको चर्चा दिन प्रतिदिन चुलिदो छ । उनले जुन चलचित्र अभिनय गरेपछि चर्चाको केन्द्र बिन्दुमा रहने गरेको छ यी नै अनमोल अभिनित पछिल्लो चलचित्र ‘कृ’ को ‘यति यति पानी गंगा रानी’ बोलको गीत पनि अहिले हिट भएको छ । गीत सार्वजनिक भएको ४८ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ । नेपाल युटुब ट्रेन्ड्रिङ तेश्रो नम्बरमा आउन सफल यो गीतमा अनमोलले गरेको नृत्य समेत मनपराइएको छ अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन छ सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता छन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । २६ माघ बाट चलचित्र रिलिजमा आउँदैछ हेर्नुहोस भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?