वरिष्ठ साहित्यकार दीक्षितको निधन

appharu
0
Shares

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै दीक्षितको धन भएको हो ।

यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । आजै उहाँको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो ।

लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

माधवी (उपन्यास, वि.सं. २०३९), चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४), त्यो युग .निबन्ध संग्रह, वि.सं. २०४७), हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९), म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)

बर्लिन डायरीका पाना, लाखौं शिशुहरू लिफ्ट मागिरहेछन् लगायतका कृति दीक्षितले प्रकाशित गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?