मस्कोमा यात्रुबाहक विमानले आकस्मिक अवतरण गरेपछि…

एजेन्सी । रूसको राजधानी मस्कोको एक विमानस्थलमा बिहीबार यात्रुबाहक विमान आकस्मिक अवतरण गरेको छ । अवतरणका क्रममा सबै यात्रु सकुशल रहेका छन् ।

विमानमा समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको र त्यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?